टिकटकमा ‘कार स्टण्ट’ गर्न खोज्दा २२ वर्षीय पाकिस्तानीको निधन

पाकिस्तानको कराची शहरमा टिकटकमा ‘कार स्टण्ट’ गर्ने क्रममा एक युवाको निधन भएको छ। उनीसँगै रहेका दुई साथी भने गम्भीर घाइते भएका छन्। 

आइतबार कराचीको कोरांगी क्षेत्रमा टिकटकमा तीब्र गतिमा कार चलाएको भिडियो फुटेज डाउनलोड गर्न ‘स्टण्ट’ गरेका २२ वर्षीय फराजको निधन भएको हो। 

जमानस्थित प्रहरीले जनाएअनुसार कोरांगीको इन्दुज अस्पताल नजिकैको रुखमा तीब्र गतिमा कुदाईएको कार दुर्घटनाग्रस्त भएको थियो। घटनास्थल नजिक रहेका प्रहरी र स्थानीयले उनीहरूलाई जिन्नाह पोस्टग्य्राजुएट मेडिकल सेन्टरमा पुर्‍याएका थिए। 

निधन भएका फराजको घर लान्धीमा रहेको र बुवाको नाम अजीम खुल्न आएको छ। घाइते दुई साथीको परिचय इशान र अयाज खुलेको छ। प्रहरीले टिकटकमा भिडियो अपलोड गर्न कारमा ‘स्टण्ड’ गर्ने क्रममा रुखमा ठोकिन पुगेको जानकारी दिएका छन्। 

प्रहरीले मुद्धा दर्ता भएको र थप अनुसन्धान अगाडि बढिरहेको बताएका छन्। यस्तै घटना दुई महिनाअघि कराचीमै भएको थियो। त्यति बेला ट्रेनको लिकमा टिकटक बनाउने क्रममा २२ वर्षीय युवाले ज्यान गुमाएका थिए। 

लान्धी रेलवे प्रहरीका अनुसार इम्तियाजका छोरा काशिफको टिकटक च्यालेञ्जका लागि भिडियो बनाउने क्रममा बेन्स कोलोनी नजिकै जुम्मा गोथ रेल्वे स्टेशनमा ट्रेनको ठक्करबाट निधन भएको थियो।

प्रकाशित मिति: : 2020-06-29 16:29:21

प्रतिकृया दिनुहोस्