'एमाले ओली र माओवादी केन्द्र प्रचण्डले चाहेमा पाउने गरी सुरक्षित राखिएकाे छ’ 

नेकपा एमाले साविक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्र फेरि पाउनसक्ने गरी निर्वाचन आयोगमा सुरक्षित राखिएकोले काेही अमूक व्यक्तिले चाहेर पनि साे नाउँकाे पार्टी खोल्न नसक्ने खुल्न आएको छ ।

साविक एमालेका कार्यालय सचिवसमेत रहेका नेकपा नेता कृष्णगोपाल श्रेष्ठले एमाले र माओवादीकेन्द्र कसैले चाहेर पनि दुई अध्यक्षबाहेक कसैले पनि लामो समयसम्म प्रयोग गर्न नपाउने व्यवस्था नेकपा दर्ताकै बेला गरेको जानकारी दिएका हुन् । 

बिएल नेपाली सेवासँगको कुराकानीमा नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालप्रति निकै आलोचनात्मक देखिए । ‘प्रधानमन्त्री एवम् अध्यक्ष ओलीमाथि नेकपा एमाले दर्ता गर्न लागेको भनेर जसले आरोप लगायो, त्यो उसैको तुच्छ बुद्धिको परिणाम हो’, उनले भने, ‘प्रधानमन्त्रीलाई यस्तो गर्नुपर्दैन । जसले उहाँलाई आरोप लगाए, त्यो प्रधानमन्त्रीविरुद्ध आरोप लगाउन षड्यन्त्र गरेर उसैले निवेदन लिएर निर्वाचन आयाेग पठाएको हो ।’

आफूले निर्वाचन आयोगमा गएर नयाँ दल दर्ता गराउँदा नै साविक एमाले अध्यक्षबाहेक नेकपा (एमाले) नामको पार्टी कसैलाई नदिन लिखित रुपमै निर्णय गराएर सुरक्षित राखेको बताउँदै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्षले चाह्यो भने माओवादीकेन्द्र  व्युँताउन सक्छ ।’

केपी ओली नेकपाको पहिलो नम्बरको नेता भएको बताउँदै उनले भने, ‘जो नेकपाकै पहिलो वरियताको नेता छ, उसैलाई यस्तो घटिया आरोप लगाउने ? एमाले पार्टी व्युँताउनै परे ओलीजस्तो नेताले पनि अपरिचित नाउँको मान्छे पठाउँछ भन्ने सोच्ने बुद्धि कस्तो होला ? मलाई दया लागेको छ ।’  
साविकका दुवै पार्टीको नाम अमूक व्यक्तिले चाहेर पनि अहिले नै दर्ता गरेर प्रयोग गर्न आफूहरुले रोक लगाएर राखेको बताउँदै भने, ‘त्यो नाम एक वर्षका लागि मात्र रोकेको होइन, एक दशकपछि पनि आफूखुशी कसैलाई पनि निर्वाचन आयोगले दिन सक्दैन ।’ 
सचिवालय सदस्यजस्तो ठाउँमा बसेका नेताको यस्तो नीच विचार सोचेकोप्रति उनले खेद व्यक्त गरे । आइन्दा यस्तो नसोच्न चुनौती पनि दिए ।  
नेकपा स्थायी कमिटीको बैठक बसिरहेका बेला मंगलबार नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग जानकारी मागेका थिए । 
सोही विषयबारे जानकार नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग यथार्थ बुझ्ने प्रयास गर्दै नियमित एजेण्डाबाहेक ती दुई विषयमा प्रधानमन्त्री ओलीसँग जवाफ माग गरे । 
यसरी जवाफ माग्नेहरुमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल लगायत मंगलबार बैठकमा बोल्ने  नेताहरुले नेकपा एमाले नामक पार्टी दर्ताका लागि निवेदन कसले दियो ? यसमा पार्टीका नेता कार्यकर्ताको सहभागिता छ/छैन भनेर प्रधानमन्त्री ओलीलेलाई प्रश्न गरे । 
अध्यक्ष ओलीले आफू नेकपाको अध्यक्ष रहेको बताउँदै त्यसबारे आफूलाई थाहा नभएको जवाफ दिएका थिए ।  

ओलीको जवाफमा नेताहरुले विश्वास नगरेका नेकपा नेताहरुले पार्टी दर्ता गर्न जाने व्यक्ति ओलीनिकटको हुनुपर्ने र झापाकै हो भन्ने अनुमान लगाए । तर नेकपा एमालेको निवेदन लैजाने अध्यक्ष सन्ध्या तिवारी नामकी महिला विराटनगरकी रहेको खुलेको छ ।  उक्त पार्टीका महासचिव जनकपुरका मनिष रहेका छन् । 

प्रकाशित मिति: : 2020-07-01 20:51:03

प्रतिकृया दिनुहोस्