अन्नपूर्ण पोष्ट
सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी जुटे।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो। त्यहाँ उनीहरूले बहुमत स्थायी समिति सदस्यहरू बोलाएर ओलीलाई सकभर सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने तय गरे। ओली सहमतिमा आउन नचाहे बहुमत, अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने निर्णय लिने निष्कर्ष निकालेका थिए।
दाहाल–नेपाल पक्षले दबाब बढाएर पद छाड्न लगाउन खोजे पनि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने रणनीति बनाएका छन्। ओलीले बिहान बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्यसहित दाहाल र नेपाल पक्षका केही नेतालाई बोलाएर छलफल गरेका थिए। साँझ दाहाल–नेपाल पक्ष झम्सिखेलमा जुटेको खबर पाएपछि बालुवाटारमा पनि ओली पक्षका नेताले गहन छलफल चलाए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया