बिएल संवाददाता
सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ।
रौतहटकी १५ वर्षीय किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए।
रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप बमजनमाथि थियो। बालबालिकासम्बन्धी ऐनको हदम्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको शर्माले बताए।
जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको हो।
आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्।
सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि सफल नभएको जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया