सागर बुढाथोकी
लितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्टी छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए ।
स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थिएँ । एक निजी कम्पनीमा काम गर्ने रहेछन् । तर, ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको देखिएन ।’
उनका अनुसार यो कसलाई हेर्न एउटा टोली नै खटिएको छ । तर, संक्रमण स्रोत पत्ता लागेको छैन ।
असार १६ गते उपत्यकामा १६ जना संक्रमित भेटिए । ९ जना विदेशबाट आएका थिए भने ५ जना उपत्यकाकै । उनीहरुमध्ये एक शंखमूल बस्ने गर्भवती थिइन् । उनको ट्राभल हिस्ट्री छैन र संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया