समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत वितरण

कोरोना माहामारी र लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको छ। यसको सबैभन्दा बढी मार परेको क्षेत्र हो खेल। 

कोरोना माहामारीका कारण यस क्षेत्रमा लागेर भविष्य बनाउने सपना देखेका खेलाडीहरु यतिबेला समस्यामा छन्। यो समय राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता हुन सकेको छैन। यता राष्ट्रिय खेलकूद परिषद् (राखेपा)ले पनि याे बेला खेलाडीहरुका लागि आर्थिक प्याकेज घाेषणा गर्न सकेकाे छैन।

यी दुईकाे चपेटामा खेलाडी परेका छन्। यता कमाइ गर्ने खेलाडीका अन्य बैकल्पिक बाटो पनि लगभग बन्द नै छ। यस्तै समस्यामा परेका खेलाडीहरु जुम्लामा पनि छन्।

यही समस्यालाई केही कम गर्न जुम्ला तेक्वान्दो डोजाङले राहत वितरण गरेको छ। आर्थिक अवस्था कमजोर भएका र बजारमा बसिरहेका खेलाडीहरुलाई राहत वितरण गरिएको डोजाङ प्रशिक्षक लालबहादुर रोकायाले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार समस्यामा परेका जुम्ला तेक्वान्दो डोजाङका ८ जना खेलाडीलाई राहत वितरण गरिएको हो। 

प्रतिखेलाडी दुई हजार नगदसहित एक बोरा चामल, एक केजी दाल, एक पोका तेल र नुन वितरण गरिएको उनले बताए। 

‘एभरेस्ट वल्र्ड क्लब अमेरिकाका सिनियर मास्टर कुमार कार्की, गुरु कल्पना कार्की र क्लबका नेपाल अध्यक्ष केशव थापा लगायत परिवारको  सहयोग र समन्वय भएपछि राहत वितरण गरिएको हो,’ उनले भने।

यसरी राहत पाउनेमा तक्वान्दो खेलाडीहरु नरेश नेपाली, प्रमिला नेपाली, संगिता विक, निमता महातारा, सुस्मिता सिंह, अजुर्न नेपाली, मंगल कामी र अजुर्न नेपाली रहेका छन्।

प्रकाशित मिति: : 2020-07-05 15:02:22

प्रतिकृया दिनुहोस्