दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिप हुने

रोल्पामा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आइटीएफ) प्याट्रन राष्ट्रिय च्याम्पियनसिप-२०२० हुनेभएको छ। रोल्पा आई टि एफ तेक्वान्दो संघ ले  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा च्याम्पियनसिप हुन लागेकाे हाे।

पछिल्लो समयमा कोरोना भाइरस (कोभिड-१९)को बढ्दो प्रकोपसँगै विभिन्न खेलकुद गतिविधि रोकिएका छन्।

यद्यपि बिकल्पको रुपमा अनलाइन मार्फत खेल खेलाउने प्रचलन बढ्दै गैइरहेको छ। यहि समयमा विश्वमा विभिन्न खेल प्रतियोगिताहरु अनलाइनबाटै आयोजना गर्ने सुरु गरिएको छ।

 यसै क्रममा नेपालमापनी रोल्पा आइटीएफ तेक्वान्दो संघले पनि यसअघि संघका अध्यक्ष बिक्रम बाठामगरको संयोजकत्वमा प्रथम रोल्पा खुला अनलाइन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट तेक्वान्दो आइटीएफ प्याट्रन च्याम्पियनसिप सम्पन्न गरिसकेको छ।

यस लगतै फेरिपनी संघका अध्यक्ष बाठामगरकै संयोजकत्वमा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आइटीएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप -२०२० आयोजना गर्न लागेको हो ।

यस आयोजनाले सम्पुर्ण खेलाडीहरुले लकडाउनको समयमापनी घरमै स्व-अभ्यास गरि आफूहरुलाई  मानसिक तथा शारीरिक रुपमा फिट , तन्दुरुस्तका साथै क्रियाशिल बनाइराख्न थप सहयोग पुग्ने आयोजकको विस्वास छ ।

यस  प्रतियोगितामा तेक्वान्दो (आइटएफ)का हरियो पेटिदेखि रातो पेटि सम्मका खेलाडीहरुले सहभागी जनाउन पाउनेछन्। 

खेलाडीहरुले वन तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई वटा प्याट्रनको भिडियो रोल्पा आइटीएफ तेक्वान्दो संघलाई असार  १ गत्तेदेखि असार २० गत्ते भित्र पठाउनुपर्नेछ। र उक्त प्रतियोगिताको नतिजा प्रकाशन असार २५  गत्ते हुने आयोजकले जनाएकोछ । 

खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तरास्ट्रिय रेफ्रीहरुले भिडियो कन्फेरेन्स मिटिङमार्फत प्रतियोगिहरुको भिडियो हेरेर पाएको प्राप्ताअंकहरुलाई छलफल मार्फत निर्णय गरेर महासंघ संगको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ । 

 प्रतियोगितामा प्रथम हुनेले ५ हजार, दोस्रोले ३५ सय र तेस्रो हुनेले २५ सय नगदसहित प्रमाणपत्र पाउनेछन।

प्रकाशित मिति: : 2020-07-06 20:06:29

प्रतिकृया दिनुहोस्