नयाँ पत्रिका दैनिक
गैरकानुनी काम हो : प्रा.डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय
मैले पहिलेदेखि नै यो गैरकानुनी काम भएको भन्दै आएको हुँ । अहिले जुन उपयोगका लागि भनेर बाँडिएको छ, त्यसअनुसार यो औषधि औषधि व्यवस्था विभागमा दर्ता छैन । यो भ्रम फैलाउने काम मात्र हो ।
गम्भीर लापरबाही भयो : शरद वन्त, जनस्वास्थ्यविद्
कोरोना भाइरस निको पार्ने र संक्रमणबाट जोगाउने औषधिको अहिलेसम्म पहिचान भएको छैन । यस्ता औषधिले फाइदा वा बेफाइदाभन्दा पनि हाम्रो स्वास्थ्य प्रणालीमा कसरी कोही मनलाग्दी प्रवेश गर्न सक्छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो संकटको समयमा जनस्वास्थ्यमाथि यति गम्भीर लापरबाही हुँदा पनि स्वास्थ्य मन्त्रालयले कुनै एक्सन नलिनु चिन्ताको विषय हो । जसले पायो त्यसले औषधि बाँड्नु नै गम्भीर समस्या हो । औषधि बाँड्ने निकाय हुन्छन् । औषधिको प्रमाणिकता र विश्वसनीयता हुन्छ । तर, अहिले औषधिको सामान्य मापदण्डसमेत पूरा नगरेर जथाभावी वितरण गरिएको छ । यसले कस्तो असर देखायो भनेरसमेत कसैलाई थाहा छैन । कसले बाँड्यो, कसले खायो भनेरसमेत तथ्यांक छैन ।
गल्ती भएकै हो : डा. मुनकर्ण थापा, सूचना अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
हामीले निर्देशिका बनाएर स्वास्थ्य मन्त्रालय पठायौँ । र, स्विकृत पनि भयो । देशका कतिपय आइसोलेसन र क्वारेन्टाइनमा डाक्टरको निगरानीमा यो औषधि दिइएको हो । पछि मारवाडी परिषद् र समितिले पनि बाँड्न थाले । उनीहरूले सुरुमा औषधिको प्याकेटमा कोरोना नै निको हुने लेखेका थिए । छलफलपछि प्रतिरोध शक्ति बढ्छ भन्नेसम्म ठीकै छ भन्यौँ । यस विषयमा मन्त्रालयले पनि सोधपुछ गरेको छ । औषधि वितरणमा लापरबाही भएको नै हो । प्रोटोकल बनाउँदा र कार्यान्वयनमा जाँदा डाक्टरको निगरानीमा औषधि दिनुपर्छ भनेर लेखेकै छौँ । केही कमजोरी भएकाले नियन्त्रणको प्रयास भइरहेको छ । अहिले सिलबन्दी नभएको प्याकेटमा औषधि बाँडिएको छ, यसको नाममा कसैले जनस्वास्थ्यमाथि प्रतिकूल असर पर्ने काम ग¥यो भने के हुन्छ भन्ने चिन्ता लागेको छ ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया