सुवास शर्मा
जलेको सिंहदरबार अब नढाक,
कालो धुवाँले लेखेको इतिहास
साँचो होस्, झुटो होइन।
ढलेका पर्खालहरू
जनताको आक्रोशका साक्षी हुन्,
कराएका ढोकाहरू
सत्ताको अराजकता बोल्छन्।
कसरी आन्दोलन नाममा
एउटा इतिहास जलेर खरानी भयो,
कसरी सत्ताको खेलमा
देशको प्रतीक नै भष्म भयो
आउँदो पुस्ताले देख्नुपर्छ।
त्यसैले,
पुनर्निर्माण नगर,
रङ र पालिसले नछोप,
बरु सङ्ग्राहालय बनाऊ,
जहाँ प्रत्येक ढुङ्गा, इँटाले भनून्
‘हामीलाई आन्दोलनको ज्वालाले जलायो।’
इतिहासले देखोस्
नेता होइन,
आन्दोलनको अराजकताले
कसरी सिंहदरबार जलेर राख भयो।
र जेनेरेसन–जेडको नाममा उठेको आक्रोश
कसरी कालो धुवाँ बनेर
देशकै भविष्यलाई ढाक्छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया