सुवास शर्मा
जलेको सिंहदरबार अब नढाक,
कालो धुवाँले लेखेको इतिहास
साँचो होस्, झुटो होइन।
ढलेका पर्खालहरू
जनताको आक्रोशका साक्षी हुन्,
कराएका ढोकाहरू
सत्ताको अराजकता बोल्छन्।
कसरी आन्दोलन नाममा
एउटा इतिहास जलेर खरानी भयो,
कसरी सत्ताको खेलमा
देशको प्रतीक नै भष्म भयो
आउँदो पुस्ताले देख्नुपर्छ।
त्यसैले,
पुनर्निर्माण नगर,
रङ र पालिसले नछोप,
बरु सङ्ग्राहालय बनाऊ,
जहाँ प्रत्येक ढुङ्गा, इँटाले भनून्
‘हामीलाई आन्दोलनको ज्वालाले जलायो।’
इतिहासले देखोस्
नेता होइन,
आन्दोलनको अराजकताले
कसरी सिंहदरबार जलेर राख भयो।
र जेनेरेसन–जेडको नाममा उठेको आक्रोश
कसरी कालो धुवाँ बनेर
देशकै भविष्यलाई ढाक्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया