बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय, बाराले शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ गरेको छ।
२०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस १ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।
हत्या पछि मुख्य अभियुक्तनन्दुहालसम्म फरार रहेका थिए। हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा कलैया उपमहानगरपालिका १८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान पक्राउ गरेको हो।
साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस १ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगञ्जमा रहेको प्रहरीले जनाएको छ।
नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया