अन्नपूर्ण पोष्ट
अहिले नेपाल सरकारलाई मुख्यगरी तीनवटा क्षेत्रबाट एकैसाथ प्रहार भइरहेको छ। सम्भवतः यति धेरै कोणबाट दुईतिहाइको बहुमतप्राप्त सरकारलाई आक्रमण गरिएको नेपालको आधुनिक इतिहासमा पहिलोपटक होला।
छिमेकी मित्रराष्ट्रले नेपाली भूभागको अतिक्रमण गरेको विषयलाई सरकारले विधिवत् र कूटनीतिक हिसाबबाट उठाउँदा भएको प्रहार पहिलो हो। कोभिड— १९ महामारीले गरेको सामाजिक र आर्थिक क्षेत्रमाथिको नकारात्मक प्रभावको प्रहार दोस्रो हो। यसैगरी यी दुई प्रहारलाई कुशलतापूर्वक व्यवस्थापन गर्न गइरहेको अवस्थामा दुईतिहाइ बहुमत प्राप्त सरकारलाई ढाल्ने गरी आफ्नै पार्टीका तर्फबाट प्रधानमन्त्री केपी ओलीउपर भइरहेको प्रहार तेस्रो हो।
लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतको नेपाली भूभागलाई भारत सरकारले विगत ६ दशकदेखि बलमिच्याईं गरेर सोहीअनुसार आफ्नो सरहदभित्र पारेको नक्सा जारी गरेपछि त्यसले नेपाललाई तरंगित बनाउनु स्वाभाविक थियो। नेपाल सरकारले यस कार्यको विरोध गर्यो। लिखित रूपमा भारतसमक्ष आफ्नो विरोध र असन्तुष्टि जनाउँदै नेपाल र ब्रिटिस भारतका बीचमा भएको सन्धिअनुसार उक्त भूभाग नेपालको भएकाले भारतले उक्त भूभागलाई आफ्नो नक्सामा देखाउनु आपत्तिजनक छ भनेर पत्र लेख्यो। साथै दुवै पक्षले यसबारेमा कूटनीतिक कुराकानी गरौं भनेर अनुरोध गर्यो। उक्त अनुुरोधको बेवास्ता गरियो। उल्टै भारतले नेपाली भूभागमा बाटो बनायो र रक्षामन्त्रीले भर्चुअल उद्घाटन गरे। नेपालले पुनः विरोध गर्यो। भारतले टेरपुच्छर लगाएन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया