सेतोपाटी
निर्माता तथा नायक संजोग कोइरालाको व्यस्त जीवनमा अहिले 'ब्रेक' लागेको छ। फिल्म क्षेत्रसँगै केही व्यवसाय सम्हाल्दै आएका उनले बल्ल सास फेर्न पाए।
दुई महिना परिवारसँग समय बिताउन पाउँदा संजोग खुसी छन् नै, तर आफूलाई 'वर्कहोलिक' बताउने उनी काममा फर्किन नपाउँदा छट्पटाइ सके। यसमा पनि 'चिया अड्डा' गएर त्यहाँको मिठो 'मट्का कटिङ' चिया खान नपाएकामा खिन्न छन्।
'घरमा मबाहेक अरू कसैले चिया खानु हुन्न। आफूलाई भने बिहान उठ्नेबित्तिकै चिया चाहिन्छ,' संजोग भन्छन्, 'बिहानको चिया मिठो भयो भने दिन राम्रो भएजस्तो लाग्छ। दिउँसो पनि चिया खान हुरुक्कै हुन्छु। लकडाउन अघिसम्म मलाई मनपर्ने मट्का कटिङ चिया खान पाएको थिएँ, अब त आत्तिइसकेँ।'
संजोगले कलाकार वर्षा राउत, दीपाश्री निरौला र दीपकराज गिरीको सहकार्यमा 'चिया अड्डा' सञ्चालनमा ल्याएका हुन्। बानेश्वरस्थित चिया अड्डाको सबै कामकाज भने संजोगले नै हेर्छन्। इन्टेरियर र निर्माणका काम, ह्यासटयाग लाउन्ज, आइसक्रिम लाइभपछि उनले यो व्यवसाय थालेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया