
एजेन्सी
इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् ।
गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढीले देशको लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घरहरूमा पूर्णरूपमा क्षति पु¥याएको जनाइएको छ । उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन् ।
‘वेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,’ अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफ्पीलाई बताए।
डुवानपछि वस्तीहरूमा दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उनले बताए।
बाढीले ल्याएको माटोले हजारौँ घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ । कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात विताइरहेका छन् भने बढी प्रभावित केहीलाई सुरक्षित् स्थानमा सारिएको छ ।
इन्डोनेसिया राजधानी जकार्ताको छिमेकी जाभा टापूमा यस अघि जनवरीमा आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो । इन्डोनेसियामा बाढीका कारण हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया