अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। अभिनेता केसीले बिहीवार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन्।
अभिनेता केसी र नायिका शाहबीच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो।
साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए। संघले विवाद मिलाउन नसकेपछि केसी अदालत पुगेका छन्।
साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरी केही शब्द प्रयोग गरेको भन्दै केसीले आराेप लगाएका छन्
साथै, अभिनेता केसीले चलचित्र ‘ड्रिम्स’को विषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुर्व्यवहारको आरोपको विषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको बुझिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया