अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। अभिनेता केसीले बिहीवार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन्।
अभिनेता केसी र नायिका शाहबीच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो।
साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए। संघले विवाद मिलाउन नसकेपछि केसी अदालत पुगेका छन्।
साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरी केही शब्द प्रयोग गरेको भन्दै केसीले आराेप लगाएका छन्
साथै, अभिनेता केसीले चलचित्र ‘ड्रिम्स’को विषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुर्व्यवहारको आरोपको विषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको बुझिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया