
बिमला गुप्ता
वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा मृत्यु भएका भारतीय नागरिकमा कोरोना संक्रमण कारण पुष्टि भएको छ ।
शनिबार राति गरिएको पीसीआर परीक्षणको रिपोर्ट आइतबार साँझ आएको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिए।
मृतकको कोरोना संक्रमण पुष्टि भएसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएकाे छ । वीरगञ्जको आदर्शनगर निवासी ६५ वर्षीय श्याम सुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागी नारायणी अस्पताल लगिएको थियो ।
बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागी अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डककाे भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान साढे ६ बजे बगरियाको मृत्यु भएको प्रमुख डा. निरज सिंहले जानकारी दिए ।
बगरीयाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४६ पुगेको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया