कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम 'ह्वाट द फ्ल्प’का ‘मिठाइलाल जादव’लाई हटाइएकाे छ।
कार्यक्रमका सञ्चालक सन्दीप क्षेत्रीले मिठाईलाल जादवको चरित्रमा अभिनय गर्दा मधेशी समुदायलाई होच्याउने गरेको गुनासो गरेपछि ‘मिठाइलाल जादव’को भूमिका हटाइएकाे हाे ।
त्यसैबीच मधेशका एकजना युवा डा.शरदसिंह यादवले असार ११ गते सन्दीपले एउटा मधेशी महिलाको चरित्रमा अभिनय गरेर होच्याएको गुनासो गर्दै कान्तिपुर टेलिभिजनमाथि प्रेस काउन्सिलमा उजुरी दिएका थिए। प्रेस काउन्सिलले त्यसमा छानविन गर्दै कान्तिपुरलाई पत्र पठाएको थियो ।
सो पत्रको जवाफ दिँदै कान्तिपुर टेलिभिजनले कार्यक्रममा संशोधन गरिएको जनाएको छ।
कान्तिपुरले काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘असार ११ गते प्रसारण भएको 'ह्वाट द फ्ल्प' कार्यक्रममा मधेशी महिला पात्र प्रसारण भएकोमा मिति २०७७ असार १६ गते कार्यक्रम प्रेजेन्टर एवम् प्रोड्युर सन्दीप क्षेत्री, विशाल घोस र सेन्सर गर्ने रमेश शाही ठाकुरीलाई लिखित स्पष्टिकरण सोधिएको र उहाँलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि सेन्सरबाट निलम्बन गरिसकेको जानकारी गराउँदछौं ।’
साथै सो पात्र चित्रण गरिएकोमा उनीहरुलाई माफी माग्न समेत लगाइएको छ। मिठाईलाल पात्र प्रयोग नगरी कार्यक्रम निर्माण एवं प्रसारण गर्नका लागि पनि कान्तिपुर टेलिभिजनको व्यवस्थापनले निर्देशन दिएको छ।
अब उप्रान्त भविष्यमा आफ्नो कार्यक्रममा नेपालको संविधान र सञ्चारमाध्यमसम्बन्धि नीति २०६८ मा उल्लेख भए अनुसार कुनैपनि जात,जाति, धर्म, भाषा, रंग, समुदाय इत्यादिमा होच्याउने र टिकाटिप्पणी सम्बन्धी कुनै पनि दृश्य नराख्न सचेत गराइएको पनि काउन्सिललाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया