काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको सयवर्षे गुरुयोजना सार्वजनिक भएपछि अहिले त्यसक्षेत्रका स्थानीय आन्दोलित छन् । ३३ अर्ब ६ करोड ६४ लाख ५१ हजार अनुमानित लागतमा बनाइन लागेको गुरुयोजनामा पशुपतिनाथ क्षेत्रका ४०९ वटा घरहरु हटाउने, पशुपतिनाथ मन्दिरको पश्चिम ढोका, ब्रहम्नाल, आर्यघाट सार्नेलगायतका योजना गुरुयोजनामा समेटिएको छ ।
सयवर्षे गुरुयोजना अवधारणा सञ्चालक परिषद्मा पारित गरिसकेको भन्दै स्थानीय आन्दोलित छन् । त्यसमा जनप्रतिनिधिले पनि साथ दिएका छन् । पशुपति विकास कोषले ल्याएको गुरुयोजनाका बारेमा छलफल गर्न भन्दै साउन ४ गते स्थानीयलाई छलफलका लागि बोलाइयो । तर स्थानीयले यो कुराको सुइको पहिले नै पाइसकेका थिए । उनीहरुले आफूहरुसँग कुनै छलफल नगरी कोषले एकतर्फीरुपमा गुरुयोजना ल्याएको भन्दै आक्रोशित बने ।उनीहरुले उक्त गुरुयोजना अमान्य हुने पनि जानकारी गराए । ९ साउनमा स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरे । समितिले १६ साउनमा पत्रकार सम्मेलन गर्दै गुरुयोजना खारेजको माग गरे । गुरुयोजना खारेज नभए पशुपति क्षेत्र विकास कोष खारेजीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिए । बुझ्नुपर्ने कुरा के छ भने कोषले अहिलेसम्म चारपटक गुरुयोजनाको अवधारणा ल्याइसकेको छ । तर पनि नक्सासहितको विस्तृत गुरुयोजना आएको छैन ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया