काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको सयवर्षे गुरुयोजना सार्वजनिक भएपछि अहिले त्यसक्षेत्रका स्थानीय आन्दोलित छन् । ३३ अर्ब ६ करोड ६४ लाख ५१ हजार अनुमानित लागतमा बनाइन लागेको गुरुयोजनामा पशुपतिनाथ क्षेत्रका ४०९ वटा घरहरु हटाउने, पशुपतिनाथ मन्दिरको पश्चिम ढोका, ब्रहम्नाल, आर्यघाट सार्नेलगायतका योजना गुरुयोजनामा समेटिएको छ ।
सयवर्षे गुरुयोजना अवधारणा सञ्चालक परिषद्मा पारित गरिसकेको भन्दै स्थानीय आन्दोलित छन् । त्यसमा जनप्रतिनिधिले पनि साथ दिएका छन् । पशुपति विकास कोषले ल्याएको गुरुयोजनाका बारेमा छलफल गर्न भन्दै साउन ४ गते स्थानीयलाई छलफलका लागि बोलाइयो । तर स्थानीयले यो कुराको सुइको पहिले नै पाइसकेका थिए । उनीहरुले आफूहरुसँग कुनै छलफल नगरी कोषले एकतर्फीरुपमा गुरुयोजना ल्याएको भन्दै आक्रोशित बने ।उनीहरुले उक्त गुरुयोजना अमान्य हुने पनि जानकारी गराए । ९ साउनमा स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरे । समितिले १६ साउनमा पत्रकार सम्मेलन गर्दै गुरुयोजना खारेजको माग गरे । गुरुयोजना खारेज नभए पशुपति क्षेत्र विकास कोष खारेजीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिए । बुझ्नुपर्ने कुरा के छ भने कोषले अहिलेसम्म चारपटक गुरुयोजनाको अवधारणा ल्याइसकेको छ । तर पनि नक्सासहितको विस्तृत गुरुयोजना आएको छैन ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया