पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डी चोकमा बा२झ १८७३ नम्बरको सरकारी हाईलक्स पिकअप गाडीको सिट र फ्लोरिङसमेत ओल्टाइपल्टाइ खानतलासी हुँदै थियो।
केही सुरक्षाकर्मी हतियारसहित नजिकै उभिएका थिए भने केहीले गाडीभित्रै बसेर खानतलासी गर्दै थिए।
सोमबार मध्याह्न पौने १२ बजेतिर हामी त्यहाँ पुग्दा उक्त गाडी रोकेर खानतलासी सुरू गरेको लामो समय भएजस्तो देखिँदैन थियो। गाडीबाट सेतो सर्ट लगाएका एक अधवैंशे पुरुष हातमा ल्यापटप छोपेर बाहिर निस्किँदै थिए। तीन-चार जना सादा पोसाकमा गाडी खानतलासीमै व्यस्त थिए।
बजार आसपासका स्थानीय घटना देखेर जुट्दै थिए। तर कसैलाई पनि के भइरहेको छ भन्ने जानकारी थिएन।
हामी त्यति बेला रिपोर्टिङका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगे जाँदै थियौं। राजमार्गको चोकमा सरकारी गाडीलाई सुरक्षाकर्मीले खानतलासी गरेको दृश्यले हाम्रो ध्यान तान्यो।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र अरू दुई जना साथीहरू सँगै हुनुहुन्थ्यो। हामी रोकियौं। त्यति बेलासम्म ४०-५० जना स्थानीय जुटिसकेका थिए।
म क्यामरा हातमा लिएर गाडी खानतलासी भएको स्थानमा पुगेँ। गाडीको पछाडि खुल्ला डिक्कीमा केही थान बिरुवा थिए। पछाडिको चक्कानिरै एकजोडी हाँस बोराभित्र राखिएका थिए। बोरा बाहिर निकालिएको हाँसको ठुँडले पानी खोजिरहेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया