कुवेर गिरी
‘गाईजात्रा’ नेवारहरुको मौलिक पर्व हो । गाईजात्रालाई साधारणतय मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर समेत बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न युवराज मात्र होइन देशमा अन्य धेरै व्यक्ति पनि मरेका हुन्छन् भनेर देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।
गाईजात्रामा गाईको झाँकीले नपुगेर रानी खुसी पार्न व्यङ्ग्य, प्रहसन जस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिन बर्सेनि हाँसो, मजाकसमेत गर्ने गरिएको इतिहासमा पढ्न पाइन्छ । हिन्दू धर्मअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
वाक् स्वतन्त्रताको रूपमा समेत सदुपयोग हँुदै आएको गाईजात्रालाई प्रहसन, राजनीतिक, सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत लिने गरिएको छ । जनै पूर्णिमाको भोलि पल्टदेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव पनि हो ‘गाईजात्रा’ । यो पर्वमा हाम्रा कलाकारहरु राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तु माथि तीखो व्यङ्ग्य प्रहारका कार्यक्रम गर्ने, व्यङ्ग्यले भरिएको अडियो, भिडियो प्रहसन निकाल्नेदेखि लेख रचना प्रकाशनसमेत गर्दछन् ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया