एजेन्सी
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ ।
पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै गएपछि आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो ।
चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको जनाइएको छ ।
BREAKING NEWS: VIVO won’t be the IPL sponsor this year. They will be back in 2021 and continue till 2023.
— ROHIT TV (Rohit Sharma FC) | #IPL2020 (@rohittv_45) August 4, 2020
The IPL will have a new sponsor this edition IPL. #IPL2020 #IPL13 pic.twitter.com/HhjK6Vjq9i
यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ ।
सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढेको हो ।
यही तनावकै कारण गोप्य सूचना चुहिने खतरा रहेको बताउँदै भारतले यसअघि चिनियाँ एप्लिकेशन टिकटकमाथि समेत प्रतिबन्ध लगाइसकेको छ ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया