एजेन्सी
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ ।
पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै गएपछि आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो ।
चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको जनाइएको छ ।
BREAKING NEWS: VIVO won’t be the IPL sponsor this year. They will be back in 2021 and continue till 2023.
— ROHIT TV (Rohit Sharma FC) | #IPL2020 (@rohittv_45) August 4, 2020
The IPL will have a new sponsor this edition IPL. #IPL2020 #IPL13 pic.twitter.com/HhjK6Vjq9i
यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ ।
सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढेको हो ।
यही तनावकै कारण गोप्य सूचना चुहिने खतरा रहेको बताउँदै भारतले यसअघि चिनियाँ एप्लिकेशन टिकटकमाथि समेत प्रतिबन्ध लगाइसकेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया