नेशनल मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

नेशनल मेडिकल कलेज वीरगञ्जमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ। 

४५ वर्षीय पुरुषको बुधबार बिहान उपचारको क्रममा विरगञ्ज हेल्थ केयरको अस्थायी कोभिड अस्पपतालमा मृत्यु भएको डा. उदय नारायण सिंहले बिएल नेपाली सेवालाई जानकारी दिए। 

मृतकको स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएको थियो। मृतकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि  भएको छ। डा सिंहका अनुसार मृतक पहिलेदेखि नै मधुमेह तथा मुटु रोगी थिए।

मृतकको स्वास्थ्य अवस्था खराब भएपछि सुरुमा उनलाई नेशनल मेडिकल कलेजमै भर्ना गरीएको थियो। तर उनी कोरोना संकमित भएको पुष्टि भएपछि मंगलबार राति वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो। 

अवस्था गम्भिर भएकाले उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा‍. सिंहले बताए। 

प्रकाशित मिति: : 2020-08-05 11:25:38

प्रतिकृया दिनुहोस्