
एजेन्सी
भारतको अयोध्यामा बुधबार भगवान रामको जन्मस्थल मानिएको बाबरी मस्जिदमा मन्दिर बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले भूमी–पूजा गरेका थिए। यसबाट आक्रोसित भएको पाकिस्तानमा जहाँ यसको विरोध भइरहेको छ, पाकिस्तानी क्रिकेट टिमका पूर्व स्पिनर दानिस कनेरियाले भने एउटा ट्वीट गर्दै खुसी मनाएका छन्।
दानिस पाकिस्तानको क्रिकेट टिममा सहभागी हुने दोस्रो हिन्दु खेलाडी हुन्। उनले बुधबार ट्वीट गर्दै भने, ‘भगवान राम हाम्रो आदर्श हुन्। विश्वभरि छरिएर रहेका हिन्दुका लागि आजको दिन ऐतिहासिक हो।’
उनले भगवान रामको सुन्दरता उनको चरित्रमा भएको बताएका छन्। ‘उनी खराबविरूद्ध राम्रोको प्रतिक हुन्। आज विश्वभरि खुसीको वातावरण छ,’ उनले भनेका छन्।
उनको ट्वीट बाहिरिएपछि धेरैले उनलाई सुरक्षित रहन सल्लाह दिएका छन्। पाकिस्तानको विदेश कार्यालयले बुधबार एउटा विज्ञप्ती सार्वजनिक गर्दै बाबरी मस्जिदमा मन्दिर बनाउन दिने भारतको सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण भएको बताएको थियो।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया