बिएल संवाददाता
दक्षिणी सुडानमा स्थानीय नागरिक तथा सेनाबीच भएको हिंसात्मक झगडामा १ सय २७ जनाको ज्यान गएको छ। आर्मीका प्रवक्ता मेजर जर्नल लुल रआई कोआङले बुधबार यसको जानकारी दिँदै शनिबार यो अप्रिय घटना भएको बताए।
दक्षिण सुडानको टोंज शहरमा नागरिकसँग भएको हतियार सरकारलाई बुझाउने अभियानअन्तर्गत स्थानीयसँग विवाद बढेको थियो।
लामो समयदेखि गृह युद्धको दलदलमा फसेको दक्षिण सुडानमा दिनहुँ जसो स्थानीय नागरिक माथि हमला हुन्थ्यो। यसै कारण यहाँका स्थानीयले सुरक्षाका लागि घरमै हतियार राख्ने गर्थे।
आर्मी प्रवक्ताले घर–घरमा राखिएको हतियार सरकारलाई बुझाउन अभियान चलिरहेको बेला युवाहरूले असहमति जनाएका थिए। जस कारण विवाद बढेको थियो।
पहिले सहमति बनेपनि पछि युवाहरूले स्थानीयको सहयोग जुटाएको सैनिक प्रवक्ता कोआङले जानकारी दिए। उनले घटना ४५ सैनिक तथा ८२ युवा मारिएको बताए। ३२ सैनिक अझैं घाइते भएको पनि उनले जानकारी दिए।
हिंसा भडकाउन आगोमा घ्यूको काम गरेका दुई सैनिक अधिकारीलाई पक्राउ गरिएको छ। हाल टोंजको अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय न्युज संस्थाहरूले बताएका छन्।
दक्षिण सुडानमा २०१३ देखि गृह युद्ध जारी छ। अहिलेसम्म ३ लाख ८० हजार मानिसले ज्यान गुमाइसकेका छन्। १२ लाख मानिस विस्थापित भएका छन्। यहाँ निशस्त्रीकरण सबैभन्दा ठूलो चुनौति बनेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया