को हो ठूलो शत्रु ? कोरोना कि युद्धमा जित ?

देखापढी

काठमाडौँ

राजेन्द्र पराजुली

 कोरोना भाइरसविरुद्धको लडाइँमा कुनै एक देश वा महादेशको प्रयास मात्र पर्याप्त नहुने कुरो अब छर्लंग भइसकेको छ। 

विश्वको कुनै एक कुनामा यो भाइरसको जीवाणु जीवित रह्यो भने पनि यसले सारा दुनियाँलाई पिरोल्न सक्छ। चीनको वुहानबाट फैलिएको भाइरसले विश्व हल्लाइरहेको छ। त्यसकारण पनि भाइरसविरुद्धको लडाइँमा सारा संसार एकतावद्ध हुनु अत्यावश्यक छ।

सायद यही यथार्थलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले मार्च २३ मा एउटा अपील गरे। अपीलमा उनले कोरोना भाइरससँग लड्न विश्वभर तत्कालै संघर्षविराम हुनुपर्ने बताए। 

संघर्षविरामले कोरोनाविरुद्ध लड्न सहज हुने उनको अपेक्षा थियो। त्यसपछि कतिपय युद्धरत् पक्षले संघर्ष रोक्न आवश्यक कदम पनि चाले पनि त्यसले अपेक्षाकृत सफलता पाएको छैन। 

महामारीको पारो उक्लँदै गर्दा कतिपय देशले संयुक्त राष्ट्र संघको अपिल त मानेनन् नै साथमा नयाँ शत्रुतापूर्ण व्यवहारसमेत सुरु गरे। तिनले स्थायी संघर्षविराम गर्नतर्फ कुनै कदम चालेनन्।

प्रकाशित मिति: : 2020-08-14 07:56:56

प्रतिकृया दिनुहोस्