बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्खास्त, रोनाल्ड कोम्यानलाई ल्याउने तयारी

बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गरेकाे छ। 

यसै जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि सेटिनले प्रशिक्षकको जिम्मेवारी पाएका थिए।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो।

झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि सेटिनलाई बर्खास्त गर्न लागेकाे क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले जानकारी दिए।

क्लबका अध्यक्ष बार्टोमेउले फुटबल निर्देशक एरिक एबीडाल र निर्देशक रामोन प्लानेससँग बैठक बसेपछि पत्रकारलाई समेत सेटिन प्रशिक्षक नरहने जानकारी दिएका हुन्।

बार्सिलोनाले सोमबार दिउँसो औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बार्टोमेउले बताए।

उनका अनुसार क्लबले नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने सम्भवाना बढी रहेकाे छ।

 

प्रकाशित मिति: : 2020-08-17 05:43:54

प्रतिकृया दिनुहोस्