
सुवास शर्मा
नेपालीहरूको राम्रै उपस्थिति रहेको खाडी मुलुक ओमानमा पर्यटन र अन्तर्राष्ट्रिय रेस्टुरान्ट मंगलबार (आज) देखि पुनः खुला हुँदैछ।
ओमान सरकारले होटलभित्र रहेका जिम हल तथा स्विमिङ पुललाई पनि कडा नियम तथा कानुनअन्तर्गत खुला गर्दैछ।
गत शनिबार राती जनताबाट विरोधको सामना गर्नु परेपछि ओमानको सर्वोच्च समितिले बन्दलाई खुकुलो बनाउने निर्णय गरेको थियो।
ओमानमा हाल १६ हजार ८ सय ४६ नेपाली कामदार कार्यरत छन्।
ओमानमा कार्यरत नेपालमध्ये करिब साढे ४ सय नेपाली कोरोनाबाट संक्रमित भएका थिए। यसमा दुई जनाको ज्यान पनि गएको थियो।
ओमानमा हालसम्म ८३ हजार ४ सय १८ भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्। जसमा ५ सय ९३ जनाको निधन भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार करिब ७८ हजार मानिसले स्वास्थ्य लाभ गरिसकेका छन्। कोरोनाको बढ्दो प्रभावका बीच ओमानले गत मार्चदेखि कडाई गरेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया