‘टोलीको प्रदर्शनबाट मेसी दुःखी छन्, उनलाई सहकर्मीको सहयोग चाहिएको छ’

रियल मड्रिडका लिजेन्ड रोनाल्डोले लिओनेल मेसीले तत्काल बार्सिलोना नछाड्ने बताएका छन्। उनले २०२०–२१ को सिजन अघि बार्सिलोना छोड्न सम्भव नभएको बताएका हुन्। 

हालको सम्झौताअनुसार मेसी क्लबसँग सन् २०२१ को जुनसम्मका लागि अनुबन्धित छन्। तर नयाँ सम्झौता नविकरणलाई बिचमा रोक्दै मेसीले सिजन सकिनुअघि नै निर्णय लिने बताएका थिए। 

तर स्पेनिस सञ्चारमाध्यम आरएसी १ का अनुसार उनलाई थाहा छ कि अहिले नै क्लब छोड्न सक्ने स्थिति भने छैन। 

उनको रिलिज क्लब ७ सय मिलियन युरो छ। दुई क्लबले सहमति गरे केही कम मूल्यमा उनी अन्यत्र जान सक्छन्। यद्यपी ब्राजिलका पूर्वखेलाडी रोनाल्डोले भने क्लब छोड्न असम्भव रहेकाे बताए।

‘युरोपमा जारी आर्थिक मन्दीका बीच मेसीले तत्काल बार्सिलोना छाड्ने सम्भावना देख्दिनँ,’ उनले भने।

उनले आफू बार्सिलाेना भएकाे भए अन्य कल्ब जान नदिने पनि बताए।

‘मेसी पूरै एक टोली हो। यदी म बार्सिलोना भएको भएँ, म उनलाई कुनै पनि हालतमा छाड्दिनँ थिएँ,’ उनले भने, ‘मेसीको बार्सिलोनासँग निकै गहिरो सम्बन्ध रहेको छ।’

उनले च्याम्पियन्स लिगमा ब्यहोरेको हारबाट मेसी दुःखी भएकाे बताउँदै सहकर्मीको सहयोग चाहिएको बताए। 

‘उनी पक्कै पनि टोलीको प्रदर्शनबाट दुःखी छन्। उनलाई उनको सहकर्मीको सहयोग चाहिएको छ,’ उनले भने।

बार्सिलोनाले अर्को सिजनको लागि केही फरक गर्नुपर्ने उनले बताए। मुख्य ‘बार्सिलोनाले अर्को सिजनमा केही फरक सोच्नु पर्नेछ। खेलाडीलाई क्लब छाड्न दिनु समस्याको समाधान होइन,’ उनले भनेका छन्।

सीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए।

यसअघि पनि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो। 

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले बार्सिलोना छाड्ने विषयमा चर्चा चुलिएसँगै उनी युरोपका ३ क्लबका जान सक्ने चर्चा चलेको छ। इन्टर मिलान, म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मन (पीयसजी) जाने कुरा छ। 

याे पनि

१) मेसी र रोनाल्डोकाे वालेन डी’ओरमाथिकाे अधिपत्य ताेड्न पीएसजी आएकाे हुँ: नेयमार

२) उत्कृष्ट खेलाडी तर चर्चा कम

३) मेसीकाे नजर पीएसजी र सिटीमा, पुनर्विचार गर्न प्रशिक्षक कोम्यानले दिए समय

४) मेसीकाे नजर पीएसजी र सिटीमा, पुनर्विचार गर्न प्रशिक्षक कोम्यानले दिए समय

५) मेसी विश्वका सर्वोत्कृष्ट खेलाडी र बार्साका पिल्लर हुन्, नयाँ रणनीतिमा नहुने कुरै हुँदैन: क्लब अध्यक्ष

६) स्यामुयल इटो भन्छन्– मेसीले बार्सिलाेना छाडे हामीले क्लबको नामै फेर्नुपर्छ

७) मेसी तत्काल छोड्न चाहन्छन् बार्सिलोना

प्रकाशित मिति: : 2020-08-23 14:12:00

प्रतिकृया दिनुहोस्