आइतबार, ०३ अगस्ट २०२५

मेलम्ची नकुरी हितिमा प्राण भर्न यसरी जुटेका छन् यादवलालहरु

News Image
• • •

काठमाडौँको प्यास मेटाउन मेलम्ची ल्याउने वाचा नगर्ने सरकार सायदै कम छन्। तर वर्षौँ बित्यो, मेलम्चीको सपना अधुरै छ। यो वर्ष पनि मेलम्चीको पानी घर-घरमा पुर्‍याउने सपना पूरा भएन। सायद अर्को साल पनि कुनै कारण आइलाग्ला।

एकातिर काकाकुल काठमाडौँ उपत्यकामा सरकार मेलम्ची कुर्दैछ। अर्कातिर केही युवा पानीको प्राकृतिक स्रोत संरक्षण र उत्खननमा लागिरहेका छन्। ती मध्ये एक हुन् यादवलाल कायस्थ।

काठमाडौँका रैथाने कायस्थ सरकारले मेलम्ची ल्याउँछु भनेर भनेर वर्षौँ बिताएको तर त्यति नै समय हिति (ढुंगेधारा) संरक्षणमा लगाएको भए अहिलेको जस्तो पानीको हाहाकार नहुने मत राख्छन्।

कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउन र हालको निषेधाज्ञामा पनि उनी हितिसहित अन्य सम्पदा संरक्षणमा लागिरहेका छन्। उनलाई साथ दिइरहेका छन् सम्पदाको महत्त्व बुझेका युवायुवतीले।

शुक्रबार, भाद्र १२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!