चलचित्र ‘कहाँ भेटिएला‘ बाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्।
उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन्।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्।
कोरोना महामारी र हालको लकडाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने निर्देशक थापाले जानकारी दिए।
डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभरगर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। उनी अभिनित चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी छिन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया