
रासस
माण्डवी गाउँपालिका—३ नयाँगाउँका बोल्न सक्ने क्षमता गुमाएका एक दम्पतीको घर निर्माणका लागि सहयोग रकम जुटन थालेको छ ।
जन्मजात रुपमा बोल्न सक्ने क्षमता गुमाएका ४५ वर्षीय एकराज अधिकारी र उनकी ४६ वर्षीया श्रीमती रेशमाको घर निर्माणका लागि विभिन्न व्यक्तिबाट अहिलेसम्म रु३० हजार एक सय प्राप्त भएको छ । सो कार्यका लागि विभिन्न व्यक्तिले रु १५ हजार दिने प्रतिबद्धता जनाएकोे सामाजिक अभियानकर्मी हरि बस्नेतले जानकारी दिए । 'यहाँका विभिन्न व्यक्तिबाट घर निर्माणका लागि आवश्यक ग्रिल र रङ्ग ९पेन्ट० लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता आएको छ' उनले भने, 'अबको केही दिनमा अधिकारी दम्पतीको घर निर्माणको काम शुरु गर्छौं ।'
आर्थिक रुपमा विपन्न अधिकारी दम्पतिका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षीय आकाश अधिकारी कक्षा ९, माइलो छोरा १२ वर्षीय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षीया करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । छोरीछोरीले राम्रो अध्ययन गरेपनि बाबुआमा बोल्न नसक्ने भएपछि परिवारमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।
अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाइले आफ्नो घरसंगै जोडिएको दुई कोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको दैनिकी ज्याला मजदूरीको भर चल्दै आएको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया