बिहिबार, ३१ जुलाई २०२५

विद्युत् सेवा अवरुद्ध

रासस

रासस

सिमकोट 
News Image
सांकेतिक तस्बिर
• • •

हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउस पछाडि पेनस्टिक पाइप फुट्दा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। 

पाइप फुटेर विद्युत् आयोजना अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालकाका अधिकांश बस्ती अन्धकार भएका छन्। शनिबार बेलुका एक्कासी पावर हाउसमा पानी आपूर्ति गर्ने पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ। 

असजिलो स्थानको पाइप फुटेपछि मर्मत गर्न पनि समय लाग्ने भएको छ। आयोजनाका प्राविधिक गब्बर लामासहितको टोलीले पावर हाउसमा पाइप फुटेको स्थानमा मर्मत जारी राखेको जनाइएको छ। विद्युत् सेवा अवरुद्ध भएसँगै जनजिवन प्रभावित भएको छ।

आइतबार, भाद्र २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)