
बिएल संवाददाता
वीरगञ्जबाट सोमबार साँझ थप १ सय ६९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
वीरगञ्जका विभिन्न अस्पतालको आइसोलेसन, होम आइसाेलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये १ सय ६९ जना कोरोना निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्धारा आज साँझ जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
स्थानिय प्रसासनले जारी गरेको प्रेस नोटमा आजसम्म पर्सा जिल्लामा २ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार ८ सय ९९ पुरुष र ५ सय ५२ महिला रहेका छन् ।
त्यसैगरी वीरगञ्जमा कोरोना मुक्त भई घर फर्किनेको संख्या १८ सय ३३ जना पुगेको छ । प्रशासनले जारी गरेको प्रेस नोटमा बीरगंजमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।
त्यसैगरी सोमबारसम्म वीरगञ्जकाे अस्थायी कोभिड गण्डक अस्पतालमा २४ पुरुष, ९ महिलासहित ३३ जना को उपचार भइरहेकोमा ६ जना आइसीयुमा रहेको जनाइएको छ ।
अन्य संक्रमितहरु भने होम आइसाेसन र सामुदायिक आइसाेलेसनमा रहेका छन् ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया