सुवास शर्मा
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पछिल्लो चार वर्षमा कैयौं पल्ट राजनीतिक संकटमा घेरिए। तर, सबैचोटी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कुटनीतिक प्रयासद्धारा बाहिर निकाले।
मध्यपूर्वमा इरानको बढ्दो प्रभावका कारण खाडी राष्ट्रका नेताहरू पनि यो बीचमा चिन्तित नभएका होइनन्। तर, दुई ध्रुबमा बाँडिएको इजरायल र अरब राष्ट्रलाई नजिक ल्याउन ट्रम्पले महत्वपूर्ण भूमिका निर्वाह गरे।
यसैको कारण अहिले ट्रम्पलाई विश्व शान्तिका लागि नोबल पुरस्कार दिन माग उठिरहेको छ। यो कुरा आफ्नो ठाउँमा छदैछ। तर, इजरायल र अरब राष्ट्रबीच बढ्दो घनिष्टताले मध्यपूर्वको राजनीतिमा भने तरंग पैदा भएको छ।
यसै कारण अहिले अरबका प्रायः राष्ट्रहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सफलताका लागि प्रार्थना गरिरहेका छन्। यद्यपि सबै राष्ट्रका राष्ट्राध्यक्षले खुलेर यो कुरा भनेका छैनन्। तर, अरेबीयाली पत्र–पत्रिकामा पछिल्लो समय ट्रम्पको प्रसंसामा थुप्रै लेख प्रकासित हुन थालेको छ।
केही पत्रिकाले इजरायल र अरब राष्ट्रलाई नजिक ल्याउन अमेरिकी राष्ट्रपतिले खेलेको भूमिकालाई लिएर आभार व्यक्त गरेका छन्। उनीहरू मध्यपूर्वमा इरानको बढ्दो प्रभावलाई लिएर चिन्तित थिए।
अरब देशका राष्ट्राध्यक्ष मात्र होइन, यतिबेला इजरायली प्रधानमन्त्री नेतन्याहू पनि मख्ख देखिन्छन्। तीनवटा न्युक्लियर राष्ट्र चीन, पाकिस्तान र इरान एकतर्फ हुँदा नेतन्याहूको समस्या बढ्दै गइरहेको थियो। उनले यसै कारण बृहत इजरायलको योजनालाई थाति राखेका छन्।
स्वभाविक रूपमा यसपालि नेतन्याहू ट्रम्पको पक्षमा उभिएका छन्। व्हाइट हाउसमा बुधबार बिहान मात्र इजरायल तथा दुई खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनबीच सम्झौंता पत्रमा हस्ताक्षर भएको थियो।
ट्रम्पले यो सम्झौंतालाई ऐतिहासिक भन्दै चुनावका लागि खुब प्रचार–प्रसार गरिरहेका छन्। सम्झौंतामा उपस्थित नेतन्याहू र खाडी देशका प्रतिनिधिले ट्रम्पको प्रसंसा गर्दै चुनावमा उनलाई समर्थन गर्ने बताएका छन्।
ट्रम्पले इजरायल तथा युएई र बहराइनबीच सम्झौंता भएपछि खाडी राष्ट्रमा शान्ति कायम हुने दावी गरेका छन्। तर, उनले दावी गरे जस्तो खाडी राष्ट्रमा तत्कालै शान्ति भइहाल्छ भन्ने कुराको कुनै ग्यारेन्टी नभएको आलोचकहरूको बुझाई छ।
मध्यपूर्वमा भइरहको नयाँ विकास क्रमबाट उत्साही ट्रम्पले आफ्नो चुनावी फेसबुक अभियानमा एउटा विज्ञापन नै प्रकासित गरेका छन्। जसमा भनिएको छ– ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्न ठूलो भूमिका खेले।
यसका लागि उनको नाम नोबेल पुरस्कारमा मनोनित गर्नुपर्छ। नर्वेका दुई ‘राइट विङ’ का नेताले पनि ट्रम्पलाई नोबेल दिनुपर्छ भनेर वकालत गरेका छन्।
जेविस डेमोक्र्याटिक काउन्सिल अफ अमेरिकाकी कायकारी अधिकृत हेली सोफीले पनि भनेकी छिन्, ‘यसलाई चुनावको एजेन्डाको रूपमा मात्र हेर्नुहुँदैन। इजरायलको पछिल्लो तीन वटा चुनावमा ट्रम्पले त्यहाँको प्रधानमन्त्री नेतन्याहूलाई सहयोग गरेका छन्।’
ट्रम्पको सहयोगकै कारण कोरोनाको महामारी र घरमा चौतर्फी घेरिएका नेतन्याहू वासिङ्टन पुगेका थिए। यस अर्थमा ट्रम्पले मध्यपूर्वमा आफ्नो राजनीतिक एजेन्डा स्थापित गरेका छन्। तर, अब हेर्न बाँकी छ, यसलाई उनले चुनावमा कसरी प्रयोग गर्छन?
ट्रम्पलाई कति फाइदा होला, इजरायल र युएईबीचको शान्ति सम्झौंता?https://t.co/8Zx8h49lln#DonaldTrump #Election2020 #USElection2020 #Republicans #America pic.twitter.com/gTEDlLIHxA
— BL-News | Nepali (@breaknlinksnp) September 17, 2020
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया