बिएल संवाददाता
माओवादी केन्द्रसँग एकताको विवादले नेकपा एकीकृत समाजवादी दुई चिरा भएको छ।
अध्यक्ष माधव नेपाल समूह माओवादीसँग मिल्न गएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले अलग्गै पार्टी बनाउने तयारी गरेको छ।
उनीहरूले आजै सुकेधारामा छुट्टै भेला बोलाएका छन्। नेकपा एसका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए।
झलनाथ समूहको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेता खनाललाई संरक्षक बनाएर अब पार्टीको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए।
उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौं। सबै कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौं र मिल्दै जान्छौं। अहिले हामी माधवजीहरूसँग अलग हुन्छ। अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौं।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया