बिएल संवाददाता
माओवादी केन्द्रसँग एकताको विवादले नेकपा एकीकृत समाजवादी दुई चिरा भएको छ।
अध्यक्ष माधव नेपाल समूह माओवादीसँग मिल्न गएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले अलग्गै पार्टी बनाउने तयारी गरेको छ।
उनीहरूले आजै सुकेधारामा छुट्टै भेला बोलाएका छन्। नेकपा एसका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए।
झलनाथ समूहको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेता खनाललाई संरक्षक बनाएर अब पार्टीको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए।
उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौं। सबै कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौं र मिल्दै जान्छौं। अहिले हामी माधवजीहरूसँग अलग हुन्छ। अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौं।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया