सृजना पोख्रेल
'छोरा जन्मिए आकाश, छोरी भए तारा ल,' गणेशले निर्मलाको कपासजस्तै पेट सुम्सुम्याउँदै भन्यो। 'ह्या बुढा, अलि नयाँ नाम पो राख्नु त। बाआमाको नाम मिलाएर राखौं न बरू,' निर्मलाले फकाउन खोजी।
'गणेश र निर्मलालाई जोडेर के हुन्छ? कि गमला राख्छ्यौ त छोरीको नाम?,' गणेश मरीमरी हाँस्न थाल्यो।
निर्मलाले अनुहार ठुस्स पारी। रिसले बुढाको कुममा धक्का दिँदै भनी, 'लु लु नहाँस। तिमीले भन्या नाम चाहिँ किन ठीक हुन्छ भन न त।'
प्रवचन दिन लागेजसरी गणेश बोल्यो, 'सुन मायालु, छोरा भए आकाशजस्तै दृढ हुन्छ। हट्टाकट्टा बलियो। छोरी भए ताराजस्तै उज्याली हुन्छे। नाच्छे। चम्किन्छे। छोरा भए आकाशजस्तै गम्भीर होस्, छोरी भए ताराजस्तै चञ्चल होस्। अर्थ हेरी पो नाम राख्छन् त लाटी।'
निर्मलाले पत्याई। जाबो नामकै लागि बुढाले यति विज्ञान घुसाएको देखेर उसलाई अचम्म नलागेको त होइन। तर गणेशको प्रस्ताव पास चाहिँ भयो- छोरा भए आकाश, छोरी भए तारा।
भगवानलाई गणेशको नाम-विज्ञान खुब मनपरेछ क्यार! निर्मलाको गर्भमा ताराले भरिएको आकाश आएर बस्यो। तेस्रो चेकअपमा जाँदा थाहा भयो, निर्मला दुई जिउकी होइन, तीन जिउकी भएकी रहिछे।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया