
बिएल संवाददाता
च्याम्पियन वायर्न म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजन प्रभावशाली जित हात पारेको छ।
लिग अन्तर्गत शुक्रबार राति भएको पहिलो खेलमा वायर्नले एफसी शाल्केलाई ८–० गोल अन्तरले पराजित गरेको हो।
वायर्नको जितमा सर्ज ग्नाब्रीले तीन, लियोन गोरेट्ज्का, रोर्बट लेवान्डोस्की, थोमस मुलर, लिरोय साने र जमाल मुसिएलाले एक/एक गोल गरे।
पहिलो हाफमा तीन गोल गरेको वायर्नले दोस्रो हाफमा थप पाँच गोल गरेको थियो।
खेलको चौथौँ मिनेटमा नै वायर्नका लागि ग्नाब्रीले गोल गरेका थिए।
यस्तै १९ औँ मिनेटमा गोरेट्ज्काले गोल गर्दै आग्रता २–० मा पुर्याए। ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्कीले गोल गर्दा पहिलो हाफमा वायर्नले ३–० गोल अन्तरको अग्रता बनायो।
दोस्रो हाफमा पनि पुनः वायर्न हाबि भयो। वायर्नको लागि ४७ र ५९ औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै ह्याट्रिक पुरा गरे।
यता ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने गोल गर्दा वायर्नले ७–० को अग्रता बनाएको थियो।
त्यस्तै ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेसँगै वायर्नले ८–० को फराकिलो जित हात पार्यो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया