पाँचाै पटक सर्वाधिक गोलकर्ताको अवार्ड जिते रोनाल्डोले

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्।

इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस)ले प्रदान गर्ने यो अवार्ड रोनाल्डोले पाँचौपटक जितेका हुन्। 

उनले सन् २०१९ मा  १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए।

रोनाल्डोले सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए। 

उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए। उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ।

गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड हात पारेका थिए।

आईएफएफएचएस सर्वाधिक गोलकर्ताको अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ। 

यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ।

रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए।

प्रकाशित मिति: : 2020-09-19 22:19:53

प्रतिकृया दिनुहोस्