एजेन्सी
भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको छ ।
एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ । एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल) मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।”
पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो । “यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ ।
नौमध्ये छ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया