बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताएका छन् । आज साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताए ।
“आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहको उल्लेख गरे । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए । विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको बताए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।”
बैठकमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने दिन गएको बताए । नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आएर जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमा सबैका हक र अधिकार लेखिएको उल्लेख गरे ।
उनले शान्तिप्रक्रिया, २०६२÷०६३ को जनआन्दोलन गरेर लेखिएको संविधान विश्वकै उदाहरणीय रहेको बताए । नेम्वाङले संविधानले तराईदेखि हिमालसँगका जनताले आफ्नो भनेर गौरव गर्न सक्ने संविधान बनेको बताए । “दलित, जनजाति, महिलालगायत सबैको हक÷अधिकार लेखिएको संविधान बनाएका छौ”, नेम्वाङले भने, “हामीले यसैमा गौरव गर्नुपर्छ ।” अहिलेको सरकारले पनि धेरै काम गरेका कारणले पनि संविधान कार्यान्वयन प्रभावकारी ढङ्गले अघि बढेको उहाँले जिकिर गरे । रासस
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया