बिएल संवाददाता
वीरगञ्जका उद्योगीले लकडाउनको बेला तयारी पोशाक उत्पादन गर्ने गार्मेन्ट उद्योग स्थापनातर्फ लगानी विस्तार गर्न थालेका छन्।
चिनियाँ र भारतीय रेडिमेड कपडाको आयात तथा तस्करीबाट भित्रिने क्रम रोकिएपछि वीरगञ्जका उद्योगीहरू गार्मेन्ट उद्योगतर्फ लगानी विस्तार गर्न थालेका छन्।
विगत ६ महीनादेखि कोरोना महामारीको कारण उद्योग व्यवसाय तथा आयात निर्यात प्रभावित छ भने नेपाल–भारत सीमा बन्द हुदाँ भारतबाट तस्करीको बाटो भित्रिने अर्बौको रेडिमेड कपडा नेपाल भित्रिन सकेको छैन।
जसले गर्दा स्वदेशी उद्योगहरू फस्टाउन थालेको उद्योगीहरूको भनाइ छ। वीरगञ्ज–पथलैया औद्योगिक कोरीडोरको परवानीपुरमा रहेको नोवेल टेक्सटाइल्स प्रालिले होजियारी धागो तथा कपडा उत्पादन गर्ने अर्को प्लान्ट विस्तार गरिरहेको छ।
उद्योगका सञ्चालक रमेश गाडियाका अनुसार ५ करोडको मेशिन एवं ६ करोडको घर,जग्गा अन्य खर्च ६ करोड गरी कुल रु ११ करोडको लगानीमा ५ वटा मेशिनसहितको आधुनिक प्रविधियुक्त नोवेल टेक्सटाइल्सको अर्को प्लान्ट स्थापना भइरहेको हो।
आगामी नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ उद्योगको काम तिव्र पारिएको उनले बताए।
उद्योगको निटिङ फेब्रिक कपडा बुन्ने मेशिन चीनबाट आयात गरेको तथा एयर कभरिङको मेशिन स्विटजरल्यान्डबाट आयात गरिएको छ।
विदेशबाट आयात÷तस्करीबाट भित्रिने कपडाको क्रममा अंकुश लगोपछि स्वदेशी जनताको लागि यो महामारीको समयमा स्वदेशी उद्योगबाट उत्पादित कपडाहरूको माग बढ्दै गएकोले वीरगंजका अन्य उद्योगीहरू पनि होजियारीका कपडा (तयारी पोशाक) जस्तैः टीसर्ट, ट्र्याक सुट, लेगिजलगायत कपडा बुन्ने उद्योग लगाउनतर्फ अग्रसर देखिएका छन्।
सो प्लान्टबाट मासिक १० टन धागो र ३५ टन कपडा उत्पादन हुने जनाइएको छ। पूर्ण स्वचालित प्रविधि रहेको सो उद्योगमा प्रारम्भिक चरणमा १२ जनाले मजदुरले रोजगारी पाउने बताइएको छ।
वीरगञ्जमा एउटा/दुईवटा मेशिन गरेर कम्तीमा २० वटा होजियारी उद्योग र ५० वटा जति कपडा उद्योगहरू सञ्चालनमा छन्। उद्योगीले कपडा उद्योगजस्तै गार्मेन्ट उद्योगलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
जस्तैः कपडा उद्योगले ब्याजदरमा ५ प्रतिशत सहुलियत पाउँछ भने गार्मेन्ट उद्योगमा अहिले सरकारले सहुलियत दिँदैन।
साथसाथै फाइबर आयातमा शून्य प्रतिशत भन्सार महसूल, यार्नमा ५ प्रतिशत र रेडिमेडमा १५ प्रतिशत रहेकोमा रेडिमेड कपडाको आयातमा कम्तीमा १० प्रतिशत थप भन्सार महसूल बढाउदा रेडिमेड कपडाको आयातलाई घटाएर स्वदेशी कपडा तथा गार्मेन्ट (तयारी पोशाक)उद्योगलाई प्रवद्र्धन गर्न सकिने उद्योगीको सरकारलाई सुझाव छ।
विगत १५ वर्षदेखि सञ्चालित नोवेल टेक्सटाइल्समा वीरगंजका उद्योगी विनय साह, गणेश लाठ, चेतन गाडियाको लगानी छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया