टोटनह्यामकाे शानदार जितमा सनकाे ४ गाेल

 ह्युङ मिन सनको शानदार ह्याट्रिकसँगै टोटनह्यामले साउथह्याम्पटनविरुद्ध सहज जित हात पारेको छ। 

आइतबार साँझ साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ५–२ गो अन्तरको जित हात पारेको हो। 

पहिलो हाफमा एक एक गोलको निकै प्रतिस्पर्धात्मक खेल सकिएपनि दोस्रो हाफमा टोटनह्यामले आक्रमक खेल खेल्यो। 

टोटनह्यामको पहिलो जितमा सन एक्लैले ४ गोल गर्दा उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट दिए। यता केनले पनि एक गोल थपे।

साउथह्याम्पटनले खेलको ३२ औं मिनेटमा ड्यानी इंग्सको गोलमा अग्रता लिएको थियो। टोटनह्यामका लागि सनले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए।

यस्तै सनले ४७ औँ मिनेटमा टोटनह्यामलाई अग्रता दिलाए। ६४ औं मिनेटमा केनको चिप पासलाई उत्कृष्ट नियन्त्रणमा लिंदै वन भर्सेस वनको अवस्थामा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे।

७३ औँ मिनेटमा सनले व्यक्तिगत चौथो गोल गरे। ८२ औं मिनेटमा केनले पनि गोल गरे। 

इन्ज्युरी समयमा साउथह्याम्पटनले सान्तवना गोल फर्काएको थियो। म्याट डोहर्टिको हातमा बलले लागेपछि भीएआरको मदतले रेफ्रीले पेनाल्टी दिए। 

ड्यानीले पेनाल्टीमा गोल गरेपनि त्यो प्रयाप्त बन्न सकेन र ५–२ ले पराजित भयो।

 लिगमा साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो। 

प्रकाशित मिति: : 2020-09-20 20:19:26

प्रतिकृया दिनुहोस्