शिलापत्र
समय ठीक चलेको हुन्थ्यो भने वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.ध्रुव गैरे सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उपचार गरिरहेका हुन्थे ।
समय ठीक विपरीत चलेको छ । बिरामीको उपचार गर्ने उनी आफैँ थलिएका छन् । कारण– कोरोना भाइरस (कोभिड–१९) । कोरोना संक्रमणले अन्तिम अवस्थामा पुगेका डा.गैरेले नयाँ जीवन पाएका छन् । तर अझै शरीर थिरमा चलेको छैन । अक्सिजनको सहारामा श्वास फेरिरहेका छन् ।
कोरोनाले विश्व नै आक्रान्त थियो । जो कोहीलाई जति बेला पनि संक्रमण हुन सक्थ्यो । डा.गैरेले आफैँ कोरोनाको शिकार हुनुपर्छ भनेर सोचेका पनि थिएनन् र संक्रमितको उपचारमा दिनरात खटिनुपर्छ भन्ने थियो । देशको कुनाकन्दराबाट वीर अस्पतालमा बिरामी आइपुग्छन् । अस्पतालमा बिरामीको चाप थियो । कहिले ओपीडी त कहिले राउन्ड । शैय्यामा छटपटाइरहेका आर्तहरू । उनी बिरामीकै सेवामा खटिएका थिए ।
एकाएक खानाको स्वाद हरायो । पखाला लाग्यो । वान्ता हुन थाल्यो । ज्वरोले समात्यो । कोरोनासँग मिल्दोजुल्दाे लक्षण छ । डा. गेरै तर्सिए । वीर अस्पतालमै उनले २० साउनमा पीसीआरका लागि स्वाब दिए । उनले जे नसोचेका थिए, त्यही रिपोर्ट आयो- कोरोना पोजिटिभ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया