लोकान्तर
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ शिलान्यास गरेको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको कामले डेढ वर्ष बितिसक्दा समेत गति लिएको छैन ।
आयोजनालाई ३६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भए पनि झण्डै १८ महिनासम्म भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन । जसले गर्दा तोकिएको मितिमा निर्माण सम्पन्न नहुने निश्चित जस्तै भएको छ ।
द्रूतगतिमा काम गरिने भन्दै २०७५ चैत ८ गते ओलीले सडक विस्तार कार्यको बुटवलमा शिलान्यास गरेका थिए । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
राष्ट्रिय महत्त्वको ‘एक्सप्रेस हाइवे’का रूपमा सडकलाई बस्तीमा ६ र जंगलमा ४ लेनमा विस्तार गर्ने सरकारको योजना छ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका इन्जिनीयर शान्तराम दाहालले रुख काट्ने र विद्युत्का पोलहरू स्थानान्तरण गर्ने झन्झटले भौतिक प्रगति नदेखिएको बताए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया