लोकान्तर
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ शिलान्यास गरेको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको कामले डेढ वर्ष बितिसक्दा समेत गति लिएको छैन ।
आयोजनालाई ३६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भए पनि झण्डै १८ महिनासम्म भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन । जसले गर्दा तोकिएको मितिमा निर्माण सम्पन्न नहुने निश्चित जस्तै भएको छ ।
द्रूतगतिमा काम गरिने भन्दै २०७५ चैत ८ गते ओलीले सडक विस्तार कार्यको बुटवलमा शिलान्यास गरेका थिए । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
राष्ट्रिय महत्त्वको ‘एक्सप्रेस हाइवे’का रूपमा सडकलाई बस्तीमा ६ र जंगलमा ४ लेनमा विस्तार गर्ने सरकारको योजना छ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका इन्जिनीयर शान्तराम दाहालले रुख काट्ने र विद्युत्का पोलहरू स्थानान्तरण गर्ने झन्झटले भौतिक प्रगति नदेखिएको बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया