बिएल संवाददाता
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ। महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो ।
तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
त्यस भवनमा रहेका अरु पाँच जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई बिहानै स्थानीय अस्पतालमा पु¥याइएको बताइएको छ ।
सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् ।
त्यस भत्किएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको पनि उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएर रहेका थिए । उनीहरुमध्ये करिब २० जनालाई उद्धार गरी निकालिएको छ ।
थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया