एजेन्सी
रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको सोमबार बताएका छन् । उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका हुन् ।
बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेको विमानलाई बीचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।
“फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,” जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केका रूसी विपक्षी नेता नाभाल्नीले पहिलोपटक सार्वजनिक गरेको सूचनामा बताए
उनले रसियाले अझै अनुसन्धान खोलेको छैन । रुसी सञ्चारमाध्यमहरूले प्रशारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएका समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् ।
नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् । “मैले अरू केहि पनि आशा गरेको छैन,” उनले लेखेका छन् । रूसी अधिकारीहरूले अनुसन्धानको लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुनसक्छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया