नयाँ पत्रिका दैनिक
राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम छ, राष्ट्रिय औसतमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर हजारमा ३९ छ भने कर्णालीमा ५८
चिकित्सा शिक्षा सुधारसहितका विभिन्न माग राख्दै डा. गोविन्द केसीले अहिले र यसअघिको सत्याग्रह कर्णालीमा थाल्नुको कारण थियो– स्वास्थ्यका अधिकांश सूचकांकमा पछाडि रहेको कर्णालीका समस्यामाथि राज्यको आँखा परोस् । र, कर्णालीवासीका स्वास्थ्य समस्याप्रति सरकार गम्भीर बनोस् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर तत्काल एमबिबिएसलगायतका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने प्रमुख माग नै बनाएका छन् ।
कर्णालीमा कुल प्रजनन दर (प्रतिमहिलामा जीवित जन्म हुने बच्चाको संख्या) दुई दशमलव आठ छ । नवजात शिशुको मृत्युदर (जन्मेको २८ दिनभित्र) प्रतिहजारमा २९ छ । शिशु मृत्युदर (जन्मेको एक वर्षभित्र) प्रतिहजारमा ४७ छ । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ५८ छ । त्यस्तै, उमेरअनुसार उचाइ नपुगेका (पुड्का) पाँच वर्षमुनिका बालबालिका ५५ प्रतिशत छन् । अस्पतालमा सुत्केरी हुने महिला ३६ प्रतिशत मात्रै छन् । दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत र सबै आधारभूत खोप पाउने बालबालिका ७५ प्रतिशत मात्रै छन् । राष्ट्रिय औसत आयु ७१ प्रतिशत हुँदा कर्णालीका बासिन्दाको औसत आयु ६५.६ वर्ष मात्रै छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया