गोरखापत्र
काठमाडौँ, असोज ६ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।
घरैबाट परीक्षा
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले जानकारी दिनुभयो । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो
परीक्षा नियमिततर्फ सेमेस्टरमा
अध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ ।
विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया