बिहिबार, १४ अगस्ट २०२५

१८ वर्षीया सपना रोका मगर- जो दिन्छिन् बेवारिसे शवहरुलाई दागबत्ती (भिडियो स्टोरी)

News Image
• • •

सपना न्‍यौपाने 

परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।

मंगलबार, आश्विन ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!