आइतबार, ०३ अगस्ट २०२५

अन्तत: डा गोविन्द केसीलाई ट्रमा सेन्टरबाट त्रिवि सारियाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अन्तत: डा गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ।

सहयोगी डा प्रितम सुवेदीका अनुसार केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ साढे ६ बजेपछि टिचिङ अस्पताल पुर्‍याइएको हो।

अनशनकै क्रममा सोमबार नेपालगञ्जबाट ११ : १५ बजेको फ्लाइटमा काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको थियाे। 

डा केसीले टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए। 

आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए।

उनले एक विज्ञप्ति जारी गर्दै दुई वर्ष अघि आफूले जुम्लामा शुरु गरेको अनशनको बेला अस्पतालमा हिंसा र तोडफोडका साथै आक्रमण भएको स्मरण गर्दै यसपटक पनि त्यो अवस्था दोहोरिन सक्ने देखिएकाले काठमाडौं गएर अनशसन जारी राख्ने घोषणा गरेका थिए।

मंगलबार, आश्विन ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!