रेल जनकपुर त आयो, विराटनगर आइपुग्‍ने अझै छैन टुंगो

विलम्ब नगर्न निजी क्षेत्रको माग, मुआब्जा विवाद कायमै

विराटनगर । करिब डेढ वर्षअघि लिक परीक्षण गर्न भारतबाट विराटनगरको बुधनगरसम्म रेल आउँदा सयौंका संख्यामा लिकछेउमै लाम लागेर सर्वसाधारणले ताली बजाएर स्वागत गरेका थिए । लिकको सफल परीक्षणपछि रेल नियमित चल्ने भन्‍नेमा स्थानीय बासिन्दा आशावादी थिए । तर, लामो समय बितिसक्दासमेत बथनाहा-विराटनगर रेल अनिश्चित बनेको छ । 

त्यसबेला लिक परीक्षण गर्न रेलको इन्जिन गुडाउँदै भारतको गुवाहटीस्थित नर्थइस्ट रेल्वेका उप-प्रमुख एस विश्वासहितको टोली आएको थियो । बथनाहा-कटहरी रुटमा एक वर्षभित्रै नियममित रेल सञ्‍चालन गर्न सकिने विश्वासले बताएका थिए । तर, नेपाल पक्षकै कमजोरीका कारण बथनाहाबाट विराटनगर हुँदै कटहरीसम्म रेल सञ्‍चालन हुन विलम्ब भइरहेको छ । 

नेपालतर्फको एकीकृत भन्सारजाँच चौकी (आईसीपी) भन्दा चार सय मिटर पूर्वसम्म भारत सरकारको सहयोगमा लिक तयार भइसकेको छ । यहाँसम्म चल्ने रेल कार्गो रेल भए पनि यात्रुलाई समेत सेवा दिन सकिने भारतीय पक्षको भनाइ छ ।

प्रकाशित मिति: : 2020-09-24 16:16:03

प्रतिकृया दिनुहोस्